आज संघीय संसद्को बैठक बस्दै, यस्तो छ कार्यसूची !

संघीय संसद् तथा राष्ट्रिसभाको दुबै बैठक आज बस्दै छ ।

प्रतिनिधि सभाको बैठक मंगल बिहान ११ः३० बजे सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे सुरु हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभामा आर्थिक वर्ष २०७९/०८० को बजेटबारे विभिन्न मन्त्रालयगत बजेटमाथिको छलफल हुनेछ । सोमबारबाट सुरू भएको बजेटेको मन्त्रालयगत छलफलमा सांसदहरुले बोल्ने क्रम नसकिएकोले आज पनि सांसहरुले यसमाथि छलफल गर्नेछन् ।

संसद् बैठक अगाडि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

You might also like
Comments
Loading...