सञ्चारकर्मी संगिता शर्मा चलचित्र ‘नम्बरी सुन’मा अनुबन्धित

काठमाडौं। राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘नम्बरी सुन’मा समाजसेवी तथा पत्रकार संगिता शर्मा अनुबन्धित भएकी छन्।

माघ २० गतेबाट फ्लोरमा रहेको यो चलचित्रको मुख्य भूमिकामा गौरव पहारी, नम्रता सापकोटा रहेका छन् भने चलचित्रमा संगीता शर्मासंगै विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, स्मृति ओलीलगायत कलाकारको अभिनय पनि रहने छ ।

निर्देशक गिरीले ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको चलचित्र हो । यो चलचित्रबाट लामो समयपछि द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पनि कमब्याक गर्दै छन्। सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ।

लमजुङको भुजुङखोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिने जनाइएको छ। चलचित्रमा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ।

You might also like
Comments
Loading...