अनेरास्ववियु केन्द्रीय सचिवमा मकवानपुरबाट पौडेलको उम्मेदवारी घोषणा

काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेशनमा केन्द्रीय सचिवमा मकवानपुरबाट विद्यार्थी नेता सन्तोष पौडेलले उम्मेदवारी दिने घोषणा गरेका छन् । यसअघि स्थाई कमिटी सदस्य रहेका पौडेलले फागुन २ गतेदेखि ४ गतेसम्म हुन लागेको महाधिवेशनमा केन्द्रीय सचिवमा आफुले उम्मेदवारी दिने घोषणा गरेका हुन ।

हेटौंडाको सिद्धार्थ माविबाट अनेरास्ववियूमा संगठित भएर २०६१ सालदेखि विद्यार्थी राजनीतिमा लगेका उनी २०६३ सालमा अनेरास्ववियु नगर कमिटी हेटौंडाको सदस्य ,२०६५ सालमा मकवानपुर बहुमुखी क्याम्पस कमिटीको सचिव , २०६६ सालमा मकवानपुर बहुमुखी क्याम्पस तथा नगर कमिटीको अध्यक्ष भएका थिए ।

यस्तै, २०६७ सालमा अनेरास्ववियू मकवानपुरको २३ औं जिल्ला सदस्य, २०६८ मा भएको २४ औं जिल्ला सम्मेलनबाट कोषाध्यक्ष, २०६९ मा २५ औं जिल्ला सम्मेलनबाट उपाध्यक्ष एवं २०७१ मा भएको २६ औं जिल्ला सम्मेलनबाट जिल्ला अध्यक्षमा सर्वसम्व्त निर्वाचित भए । यस्तै यसअघि भएको २२ औं राष्ट्रिय महाधिबेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका पौडेल २०७७ सालमा अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य भएका थिए । नेपाल खुल्ला बिश्वबिद्यालयबाट राजनीति शास्त्रमा एमफिल गरिरहेका पौडेल २०७८ असोजदेखि स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश सह-ईन्चार्जको जिम्मेवारीमा रहेका छन ।

वाग्मती प्रदेश सह-ईन्चाजको जिम्मेवारी प्राप्त गरे पश्चात उनले अनेरास्ववियु केन्द्रीय कमिटिको निर्दैशन अनुसार प्रदेश राजधानीमा निर्धारित आन्दोलनहरुको नेतृत्व गरेका थिए । त्रिभूवन बिश्वबिद्यालयबाट राजनीति शास्त्रमा एम ए, नेपाल ल क्याम्पशबाट कानुन संकायमा स्नातक तथा मकवानपुर बहुमुखी क्याम्पसबाट अंग्रेजी र पत्रकारितामा स्नातक गरेका पौडेलले अनेरास्वयूको २३ औं राष्ट्रिय महाधिबेशनमा केन्द्रीय कमिटीको सचिवमा उम्मेद्वार दिने भएका हुन ।

‘निःशुल्क स्वास्थ्य, शिक्षा र पूर्ण रोजगार, समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मूल नारासहित काठमाडौंमा हुने लागेको महाधिबेशनले १७ जना पदाधिकारी सहित १९९ सदस्यीय केन्द्रीय कमिटी र लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगका अध्यक्ष र सचिव गरी १५/१५ सदस्यीय कमिटी गठन गरिने जनाएको छ ।

You might also like
Comments
Loading...