सिनियर दुई एआईजीद्वारा आइजिपी नियुक्ति बदर गर्न मागसहित सर्वोच्चमा रिट

काठमाडौं । सिनियर एआईजी विश्वराज पोखरेल र सहकुल थापाद्वारा वरिष्ठता मिचेर १६ महिना जुनियरलाई आइजिपी बनाउने सरकारको निर्णय बदरको मागसहित सर्वोच्च अदालतमा रिट दायरका लागि गएका छन् ।

एआईजी पोखरेलले आफ्नोतर्फबाट रिट निवेदन सर्वोच्चमा गइसकेको र दर्ता प्रक्रियामा रहेको बताए ।सहकुल थापाको तर्फबाट पनि रिट दायर हुने भएको छ ।

वरिष्ठता मिचिएको सन्दर्भमा सर्वोच्च अदालतको यसअघिको फैसला नै बलियो नजिर भएकाले प्रथम दृष्टिमै सरकारको निर्णय बदरभागी हुने जिकिर रिटमा गरिएको छ ।

You might also like
Comments
Loading...