आजबाट ६ दिनसम्म विद्यालयमा पढाइ नहुने

 

काठमाडौं । आज देखि ६ दिन विद्यालयहरु बन्द भएका छन् । स्थानीय तह निर्वाचनका लागि भन्दै विद्यालयहरु बन्द हुने भएका हुन् ।शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले आजबाट ६ दिनसम्म विद्यालयमा पढाइ नहुने बताइन् ।

सरकारले मतदानको दिन ३० गते मात्रै विदा दिने निर्णय गरेता पनि धेरैजसो सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएको ले आजबाट विद्यालयहरु बन्द गरिएको भनिएको छ ।

वैशाख ३१ गते शनिबार परेको र सरकारले जेठ १ गतेदेखि आइतबारको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेकाले आइतबार पनि विदा हुने छ । जेठ २ गते बुद्ध जयन्ती परेकाले सो दिन पनि सार्वजनिक बिदा हुने छ । त्यसकारण आजबाट ६ दिनसम्म विद्यालयहरु बन्द हुने छन् ।

हाल देशभर करिब २७ हजार सामुदायिक र करिब ८ हजार निजी विद्यालय छन् ।

You might also like
Comments
Loading...