नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंहलाई नियुक्त

काठमाडौ । मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गर्ने निणर्य गरेको छ ।

आज बसेका मन्त्रिपरिषदको बैकले सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ । गृहमन्त्री बालकृष्ण खाँण चाहिँ वरियताक्रममा अगाडि रहेका विश्वराज पोखरेललाई नै आईजीपी नियुक्त गर्ने पक्षमा थिए । तर अन्तिममा बालुवाटारकै अडानमा सिंह आईजीपीमा नियुक्त भएको स्रोतले बतायो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई आईजीपी बन्ने रोलक्रममा राख्ने गरी एकल बढुवा गरेर अघि सारेको भन्दै कांग्रेसका केही नेताहरु रुष्ट थिए र विकल्पका रुपमा सिंहलाई अघि सारिएको थियो ।

You might also like
Comments
Loading...