आइपिओ खुलाउँदै श्रृजनशील लघुवित्त

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आइपीओ खुल्ला हुने भएको छ । धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अगाडि बढाउने छ ।

संस्थाले सर्वसाधारणको लागि ३ लाख ९३ हजार ७५० कित्ता सेयर आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

श्रृजनशील लघुवित्त वित्तीय संस्था २०७५ सालमा स्थापना भएको राष्ट्रिय स्तरको ‘घ’ वर्गको वित्तीय संस्था हो। कम्पनी ऐन २०६३ अन्तर्गत वि. सं २०७५ मा नेपाल सरकारको कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको हो।

 

You might also like
Comments
Loading...