मंगलबार रातिदेखि तिन दिन सीमा नाका बन्द, अनुमति बिनाका गाडी गुडाउन रोक

काठमाडौं । स्थानीय चुनाव सुरक्षाका लागि मङ्गलवार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको छ ।

सरकारले  मङ्गलवार मध्यरातदेखि निर्वाचन सुरक्षाका लागि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागेको हो ।

गृह मन्त्रालयले सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरूलाई मङ्गलवार मध्यरातदेखि सीमा नाका बन्द गर्न भनिसकिएको जनाएको छ ।

गृहमन्त्रालयले अनुमति बेगर सीमाबाट आउ-जाउ गर्न नदिन निर्देशन दिइएको जानकारी दिएको छ ।बैशाख ३० गते स्थानीय निर्वाचन हुँदैछ त्यसैले मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ ।

मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ ।नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् । भारततर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ ।

अन्तर्राष्ट्रिय हवाई उडानका लागि विमानस्थलसम्म पुग्ने र विदेशबाट फर्किनेहरूका लागि भने पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीसँग समन्वय गरेर गन्तव्यसम्म पुग्न सहजीकरण गर्दछ ।

मतदानका दिन सवारी अनुमति पत्र बोकेका गाडीहरुमात्र गुडाउन पाइने छ ।

You might also like
Comments
Loading...