श्रीलंकाले जुलाईको अन्त्यसम्ममा आईएमएफ कर्जा प्याकेजलाई अन्तिम रूप दिने  : विक्रेमासिंघे

काठमाडौं । श्रीलंकाले जुलाईको अन्त्यसम्ममा आईएमएफ कर्जा प्याकेजलाई अन्तिम रूप दिने बताएको छ ।

श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रेमासिंघेले बुधबार संसदलाई अन्तरराष्ट्रिय मौद्रिक कोष (आईएमएफ) सँग कर्मचारी स्तरीय सम्झौता र जुलाईको अन्त्यसम्ममा जमानत प्याकेजको कार्यक्रम तय गरिने कुरा बताए ।

प्रधानमन्त्रीले आईएमएफसँग पहिलो पटक प्रत्यक्ष सम्बाद आगामी सोमबारबाट सुरु भएको र १० दिनसम्म चल्ने बताए ।

विक्रमासिंघेले भने, “श्रीलंका लागि एक मात्र सुरक्षित विकल्प भनेको अन्तर्राष्ट्रिय मुद्रा कोषसँग छलफल गर्नु हो । साँच्चै भन्ने हो भने, यो हाम्रो एक मात्र विकल्प हो । हामीले यो बाटो अपनाउनु पर्छ ।”

उनले सार्वजनिक वित्त, अर्थतन्त्र, कर्जा व्यवस्थापन, बैंकिङ क्षेत्रको स्थायित्व र सामाजिक सुरक्षाको जालोबारे आईएमएफसँग प्रारम्भिक छलफल सम्पन्न भएको बताए ।

वित्तीय तथा कानुनी सल्लाहकार फर्महरूसँग छलफलपछि जुलाईको अन्तसम्ममा श्रीलंकाको कर्जा पुनःसंरचनाका लागि आधार तय गरिने उनले बताए ।

श्रीलंकाले गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ र यसको सरकारले अप्रिलमा तिर्नुपर्ने सबै बाह्य ऋण चुक्ता मितिलाई सारेर पछि पुर्‍याएको छ ।

You might also like
Comments
Loading...