सफ्टवेरिका कलेजका ९२ विद्यार्थीले पाए छात्रवृत्ति

काठमाडौं ।आइटीको उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजले ९२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।

स्नातक तहको पहिलो र दास्रो वर्षका बिएससी अनर्स कम्प्युटिङ र बिएससी अनर्स इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी तर्फका विद्यार्थीहरूलाई सो छात्रवृत्ति प्रदान गरिएको हो ।

जसमध्ये कलेजका ३०, ३१ र ३२ औँ ब्याचका विद्यार्थीहरू रहेको प्रमुख प्रमोद पौडेलले बताए । छात्रवृत्ति पाउने विद्यार्थीमध्ये ६ जनाले सतप्रतिशत, १२ जनाले ५० प्रतिशत र ७४ जनाले २५ प्रतिशत छात्रवृत्ति पाएका हुन् ।

कलेजले कुल २८ लाख रकम बराबरको छात्रवृत्ति प्रदान गरेको पौडेलले जानकारी दिए । विद्यार्थीको शैक्षिक स्तर र उपस्थितीको आधारमा उक्त छात्रवृत्ति प्रदान गरिएको उनी बताउँछन् ।

You might also like
Comments
Loading...