थाइल्याण्डले नेपाललाई जितको लागि ९० रनको लक्ष्य दियो

काठमाडौं । आईसीसी उन्नाइस वर्षमुनि (यू-१९) महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा थाइल्याण्डले नेपाललाई जितका लागि ९० रनको लक्ष्य दिएको छ ।

मलेसियाको युकेएम ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुएर ८९ रन जोड्यो ।

थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले सर्वाधिक २० रन जोडिन् । त्यस्तै बान्थिदा लेप्हाथानाले १९ तथा सुवानन खिओतोले १६ रनको योगदान दिइन् ।

नेपालको मनिषाकुमारी उपाध्याय र कृतिका मरासिनीले समान दुईरदुई विकेट लिइन् भने स्नेहा महराको नाममा एक विकेट रह्यो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

यसअघि तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा हार व्यहोरेको छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो ।

You might also like
Comments
Loading...