तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी दुई वडामा निर्वाचित

काठमाडौं । तनहुँमा नेकपा एमाले ७, नेपाली कांग्रेस ५ र नेकपा माओवादी केन्द्र दुई वडामा विजयी भएको छ ।

एमालेबाट जिल्लाको देवघाट गाउँपालिका-१ मा मणिराज गुरुङ, बन्दीपुर-४ मा दानबहादुर थापा, भीमाद-२ दिनेश थापा, भीमाद-३ मा पदमसेन ठकुरी, म्याग्दे १ मा मणिभद्र वाग्ले, म्याग्दे -३ मा टुकराज अधिकारी र घिरिङ गाउँपालिका- २ मा नरबहादुर थापा विजयी भएको नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकालले जानकारी दिए ।

यसैगरी नेपाली कांग्रेसबाट ऋषिङ गाउँपालिका-२ मा दलबहादुर थापा, शुक्ला-१ मा रवीचन्द्र पौडेल र वडा नं २ मा सुमन राना, भीमाद नगरपालिका-१ मा दीपक आले तथा देवघाटमा मीनराज राना विजयी भएकोे नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट जिल्लाको आँबुखैरेनी गाउँपालिका-१मा प्रेमबहादुर गुरुङ र ऋषिङ गाउँपालिका-१ मा कुशबहादुर थापा विजयी भएको नेकपा माओवादी केन्द्रका जिल्ला नेता अतिन्द्रकेशरी न्यौपानेले जानकारी दिए ।

ऋषिङ १ मा नेकपा माओवादी केन्द्र र एमालेबीच गठबन्धन भएको थियो । तनहुँको दश पालिकामध्ये नौ पालिकामा मतगणना कार्य जारी भए पनि व्यास नगरपालिका-८ मा भएको विवादका कारण मतगणना हुन सकेको छैन् ।

उक्त वडाका दुई मतदान केन्द्रमा पुनः जेठ ४ गते बिहान ७ बजेदेखि ५बजेसम्म मतदान गर्ने निर्णय भएको छ ।

You might also like
Comments
Loading...