शिक्षक कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन

काठमाडौं शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन गरेको छ ।

केन्द्रले शुक्रबार सूचना जारी गर्दै विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको विद्यालय पोसाक परिवर्तन गरेको जनाएको छ ।

शिक्षक महासङ्घको अनुरोधमा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको हाल प्रचलनमा रहेको विद्यालय पोसाक परिवर्तन गरिएको केन्द्रका निर्देशक गणेश प्रसाद पौडेलले बताएका छन् ।

केन्द्रले तोकिए अनुसारको पोसाक चालु शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउन ७५३ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई अनुरोध गरेको छ ।

परिवर्तन गरिएको पोसाकमा महिला पुरुषका लागि गाढा खैरो रङको सुट (कोट पाइन्ट),हल्का निलो रङको सर्ट, मौसम अनुसारको गाढा खैरो ज्याकेट कलेजी स्वेटर र कालो जुत्ता राखिएको छ ।

साडी ब्लाउज कुर्था सुरुवालमा भने परिवर्तन नगरेको केन्द्रले जनाएको छ । पोसाकको नमुना शिक्षक महासङ्घबाट प्राप्त गर्न सकिने छ ।

 

You might also like
Comments
Loading...