सामाजिक सञ्जाललाई एउटा दायरामा ल्याएर व्यवस्थापन र नियमन गर्नुपर्छ : थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई एउटा दायरामा ल्याएर व्यवस्थापन र नियमनको गर्नु पर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा थपलियाले सो कुरा बताएका हुन् ।

साथै उनले सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रूपमा स्थापित हुन खोजिरहेको उल्लेख गर्दै सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले अनुगमन गर्न सक्छ कि सक्दैन ? भनी प्रश्न समेत गरेका छन् ।

‘अहिले सामाजिक सञ्जाल पनि समाचार माध्यमको रूपमा स्थापित हुन खोज्दै छन् । यिनलाई कहाँ, कसले हेर्ने हो रु सबै यही प्रेस काउन्सिलले हेर्न सक्छ कि सक्दैन, त्यो अर्को पाटो हो । तर यसलाई पनि अव समग्रमा मैले चुनावको कुरा मात्रै गरिराखेको छैन । एउटा दायरामा ल्याएर यसको व्यवस्थापन र नियमनको पनि कुरा गर्नुपर्छ,’ थपलियाले भने ।

उनले सबै सञ्चार माध्यममा प्रकाशित तथा प्रशारित हुने सामग्रीहरू स्वतः आउने गरी सफ्टवेयरको विकास गर्न पनि काउन्सिललाई आग्रह गरे ।

 

You might also like
Comments
Loading...