नेपालमा सार्वजनिक भयो टिभिएस अपाचे आरटिआर १६० ४-भी

काठमाडौं । काठमाडौंको ललितपुर माहालक्ष्मी स्थानस्थित टिभिएस वितरक यूनिराइड मोटर्सले BS-6 मोडलको टिभिएस अपाचे आरटिआर 160 4V आरटिएफआइ नेपालमा सार्वजनिक गरेको छ ।

युनिराइड मोटर साइकल प्रालि महालक्ष्मी स्थान र रेश अटो प्रालि  कुमारीपाटीमा स्वरुममा एक कार्यत्रम गरी सार्वजनिक गरिएकाे हाे ।

महालक्ष्मी स्थानको स्वोरुममा  नेपाली कांग्रेसका उपसभापती धनराज गुरुङले गरे भने ललितपुरस्थित कुमारीपाटीको स्वरुममा  बर्गर हाउसका संचालक बसन्त लामाले  सार्वजनिक गरेका हुन्  ।

टिभिएस अपाच्ये आरटिआर 160 4V आरटिएफआइका तीन राइड मोडहरु उपल्बध रहेका छन् । जसमा रेवन आर्बन र स्र्पोट मोडलका हुन् । टिभिएसको ब्राडको पहिलो र उत्कृष्ट फिचर सहित बजारमा ल्याइएको छ ।

मोटरसाईकल स्पोर्ट मोडमा 17=15PS@9250rpm   र अर्बन रेन मोडमा15=64PS@8600rpm पावर उत्पादन गर्छ भने स्पोर्स मोडमा 14=17NM @ 7250rp र आर्बन मोडमा 14=14NM @7250rpm टर्क उत्पादन गर्छ ।त्यस्तै राइडमोडहरुले पावर र सेटिङहरुलाई कुनै पनि सवारी अवस्थामा अनुकुल बनाएर राइडरलाई साहायता समेत गर्ने युनिराइड मोर्टस प्रालिका सञ्चालक निर्मल सिग्देले बताए ।

साथै सिग्देलले रेस ट्युन्ड फ्युल इन्जेक्सन RTFI प्रविधिको BS-6 अनुरुपको इन्जिन रहेको छ । उनले भने ‘जसले राम्रो इन्धनको र अर्थतन्त्र , विस्तारीत पावर डलिभरी , इन्जिनको स्थायित्व सुधार उत्सर्जन नियन्त्रणमा मदत गर्छ ।’ त्यसैले गर्दा यो प्रविधिले मोटर साइकलाई टिकाउ र वातावरण मैत्री बनाउन पनि मदत गर्न सहयोग गर्ने बताए ।

केही दिन अघि मात्रै उक्त मोटर साईकल लन्च गरिएको थियो । यस्ता छन् मोटरसाईकलको विशेषता फोरभी आरटीएफआई मा तीन राइड मोडका विशेषताहरु रहेका छन् । सो मोडहरु मध्ये स्र्पोट मोड, रेन मोड र अर्बन मोड उपलब्ध छन्। रेस ट्युन फ्युल इनजेक्सन प्रविधिको बिएस भिआई इन्जिन रहेकाले इन्जिन नियन्त्रणमा सहयोग पुग्ने कम्पनीले जानकारी दिएको छ । चालककालागि स्मार्ट फोन तथा ब्लुतुथ जडान गर्न मिल्ने सुविधा पनि उपलब्ध छ ।

You might also like
Comments
Loading...