टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला जावलाखेलमा सुरु

ललितपुर । युनिराइड अटो टिभिएस र रेस अटो टिभिएसको आयोजनामा ललितपुरको जावलाखेलस्थित भनिमण्डल बास्केटबल कोर्टमा टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला सुरु भएको छ । भदौ २९ गते सुरु भएको मेला असोज ३ गतेसम्म जारी रहने सञ्चालक निर्मल सिग्देलले जानकारी दिए ।

कलाकार अनिल सिंह, टिभिएसका मार्केटिङ हेड बिक्रम पौडेल, मार्केटिङ अफिसर राजेश खड्का, रिजनल अफिसर बिराज सिंहलगायतको उपस्थितिमा मेलाको उद्घाटन गरिएको हो । मेलामा जुनसुकै मोडलको पुरानो मोटरसाइकल तथा स्कुटर ल्याएर एक्स्चेन्ज गरी नयाँ टिभिएस खरिद गर्न सकिने सिग्देलले जानकारी दिए । ‘मेलामा टिभिएस गरिद गर्ने र एक्स्चेन्ज गर्ने ग्राहकले विशेष छुट प्राप्त गर्नेछन्,’ सिग्देलले भने ।

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सको ‘कायापलट’ विशेष योजना ल्याएको छ । यो योजनाअन्तर्गतको सम्पूर्ण छुट पनि ग्राहकले प्राप्त गर्ने सिग्देलले जानकारी दिए । जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यो योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँचपटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् ।

‘कायापलट’ योजना अन्तर्गत नकिन्दै एक लाख र खरिद गरेपछि दस लाखसम्म जित्ने मौका रहेको छ । हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई C30 Smart Phone  प्रदान गरिन्छ । साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाखको नगद पुरस्कार उपलब्ध गरिनेछ ।

यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जसअन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा रु ४ हजार २ सयको मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सकिनेछ । योयोजना देशभर सिमित अवधिको लागि उपलब्ध हुनेछ र विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्रमार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुँदै आएको छ ।

नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

You might also like
Comments
Loading...