पोखराबाट धाम्पुससम्म टीभीएसको एओजी राइड

पाेखरा । लोकप्रिय टू–ह्वीलर्स कम्पनी टीभीएसले आफ्नो ग्राहकको लागि Apache Owners Group(AOG) नामक Apache धनी र रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक उत्साहीहरूको समूह बनाएको छ ।

शनिवार एओजीको दोस्रो संस्करणमा टीभीएसले पोखराका ३० Apache जना ग्राहकहरुलाई पोखराबाट धाम्पुस हुँदै सुइखेत रेसोर्टसम्म पुर्‍याएको थियो । विभिन्न पेसाका सहभागीहरूले भाग लिएकोएओजीमा सहभागीताका लागि सयभन्दा धेरैको आवेदन परेकोमा ३० जना चयन भएका थिए । गण्डकी  प्रदेशमा भएको संस्करणका लागि दर्ता गरेका बाँकी राइडरहरूलाई टीभीएसले गण्डकीमा भविष्यमा हुने अन्य संस्करणहरूमा उपस्थित गराउने जनाएको छ।

टीभीएसले आफ्ना ग्राहकको लागि विभिन्न कार्यक्रम र एडभेन्चर राइड सञ्चालन गर्दै आएको छ । टीभीएसले वाग्मती प्रदेश पछि गण्डकी प्रदेशमा एओजी राइड गरेको हो । नारायणी, कोशी, लुम्बिनी, महाकाली जस्ता नेपालको विभिन्न ठाउँहरूमा पनि एओजीले राइड सञ्चालन गर्ने जनाएको छ। एओजीमा सहभागी भई विभिन्न राइडमा जान सकिन्छ । त्यति मात्र नभई अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा पनि सहभागी हुने मौका पाइनेछ ।

उक्त राइड अनुभवी Marshall हरुको निगरानीमा भएको थियो । जसमा राइडरहरूलाई रेड सेफ्टी जस्ता विभिन्न प्रशिक्षण दिएको थियो। एओजी राइडमा सहभागी हुने सबै राइडरहरुलाई टीभीएसले फ्री Riding Gears उपलब्ध गरेको थियो।  यसमा राइडरहरुका लागि विभिन्न रोमान्चक खेलको आयोजना पनि थियो । बिजेताहरुलाई पुरस्कार तथा टीभीएसले उपहार र प्रमाण पत्र पनि वितरण गरेको थियो ।

एओजीबारे जगदम्बा मोटर्सका प्रतिनिधि विक्रम शर्मा पौडेलले भने, ‘पोखराबाट धाम्पुससम्मको यो एअजी राइड निकै रमाइलो भयो । हामीले हाम्रो ग्राहकहरुलाई भेट्न पायौ र उहाँहरुको टीभीएससंगको अनुभवको बारेमा बुझने मौका पनि पायौ । हामी चाँडै नै एओजी बाट फेरी अर्को यात्रा सञ्चालन गर्नेछौ। यस एओजी राइड गर्ने हाम्रो मुख्य उदेश्य चाही नेपालमा Apache राइडरहरुको समूहलाई बलियो बनाउदै हाम्रो ग्राहकहरुलाई अझै नजिक राख्ने प्रयास हो ।’

सुइखेत रेसोर्ट पुगेका सहभागी रुपेस बसनेतले आफ्नो एओजी राइडको अनुभवको बारेमा सुनाउदै भने, ‘धाम्पुससम्मको हाम्रो राइड निकै नै रोमान्चक थियो । आफू जस्तै Apache प्रेमी भेट्न पाउँदा र राइडरमा सहभागी हुँदा खुसी नै बेग्लै र आशा छ अब आउने दिनमा पनि यस्तो कार्यक्रम भई राख्ने छन्। राइडमा साथीहरू पनि बनाए र रोमाञ्चक यात्रामा रमाउने मौका पनि पाए।’

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू-ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३७ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरूको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।

You might also like
Comments
Loading...