युक्रेनलाई थप अझ असल हतियार पठाउने पश्चिमी राष्ट्रहरूको प्रतिबद्धता

काठमाडौं । पश्चिमी राष्ट्रहरूले युक्रेनलाई थप अधिक उन्नत हतियारहरू उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जर्मनीले बुधबार युक्रेनलाई आधुनिक एन्टि-एयरक्राफ्ट मिसाइल र रडार प्रणालीहरू आपूर्ति गर्ने बताएको छ भने अमेरिकाले पनि उच्च प्रविधियुक्त, मध्यम-दूरीका रकेट प्रणाली समावेश भएको हतियार प्याकेज प्रदान गर्ने जनाएको छ ।

जर्मन चान्सलर ओलाफ स्कोल्जले जर्मनीसँग रहेका सबैभन्दा आधुनिक रक्षा प्रणालीका क्षेप्यास्त्र युक्रेनलाई पठाइने सांसदहरूलाई बताउए ।

युक्रेनलाई प्रदान गरिने हतियारबाट रूसी हवाई आक्रमणबाट पूरै शहरको रक्षा गर्न सकिने उनले बताए । जर्मनीले युक्रेनलाई शत्रुको तोपखाना पत्ता लगाउन रडार प्रणाली पनि उपलब्ध गराउने जानकारी दिए ।

पश्चिमी हतियारहरू रूसको धेरै ठूला र सुसज्जित सेनालाई रोक्न तथा युक्रेनको सफलताको लागि महत्वपूर्ण मानिएका छन् ।

राजधानी किएभमाथि नियन्त्रण गर्ने रुसको प्रारम्भिक प्रयासलाई विफल पार्दै र मस्कोलाई पूर्वी औद्योगिक डोनबास क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गर्न युक्रेनले बाध्य तुल्याएको छ ।

जतिजति युद्ध चर्किंदै गएको छ त्यतित्यति रुसले युक्रेनी शहरहरूमा बमबारी गरेपछि किएभले आफ्नो रक्षाका लागि थप हतियार माग गर्दै आएको छ । ]

युक्रेनी राष्ट्रपति वोलोडिमिर जेलेन्स्कीले हतियारको आपूर्तिमा भएको विलम्बका लागि पश्चिमी देशहरूको आलोचना गरे । विशेषगरी जर्मनीले पर्याप्त सहयोग नगरेकामा उनी रुष्ट छन् ।

अमेरिकी प्याकेजमा हेलिकप्टर, जेभलिन एन्टी-ट्याङ्क हतियार प्रणाली, रणनीतिक सवारी साधन, मर्मतसम्भारका सामग्री सामेल गरिएको अधिकारीहरूले बताएका छन् ।

अमेरिकाले प्रदान गर्ने आधुनिक रकेट प्रणालीबाट युक्रेनी सेनालाई युक्रेन भित्रको रूसी सम्पत्ति लक्षित हमला सहज बनाउन मद्दन गर्नेछ।

डोनबासका क्षेत्रीय गभर्नरले रुसी सेनाले अब मस्को-समर्थित पृथकतावादीहरूद्वारा नियन्त्रित नभएको क्षेत्रका केही भाग कब्जा गर्ने रुसी प्रयासको महत्वपूर्ण सहर सिभिएरोडोनेट्स्कको ७० प्रतिशत नियन्त्रण गरेको बताएका छन् ।

लुहान्स्क क्षेत्रका गभर्नर सेर्ही हाइडाइले शहरका सडकमा लडाइँ जारी रहेको, ९० प्रतिशत आवासीय भवनहरू क्षतिग्रस्त भए पनि करिब १३ हजार सर्वसाधारण बाँकी रहेका र दशौं हजार शहरबाट भागेका जनाएका छन् ।

लुहान्स्क क्षेत्रको लिसिचान्स्क शहर रुसीहरूले अझै कब्जा नगरेका र त्यहाँ अझै युक्रेनको पूर्ण नियन्त्रण छ । रुसीहरूले दुई-तीन दिन भित्र सिभिएरोडोनेत्स्कलाई नियन्त्रणमा लिन सफल भएमा उनीहरूले तोपखाना र मोर्टारहरू स्थापना गर्न थाल्ने र लिसिचान्स्कलाई अझ तीव्रताका साथ गोलाबारी गर्नेछन् उनले बताए ।

उनका अनुसार केही युक्रेनी सेनाहरू सिभिएरोडोनेत्स्कबाट फिर्ता भएका छन् । शहरबाट सर्वसाधारण बाहिर जान पाएका छैनन् भने मानवीय सहायता ल्याउने कुनै सम्भावना पनि छैन ।एपी

You might also like
Comments
Loading...