नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रलाई बकवास दस्तावेज भएको ओलीकाे टिप्पणी

 

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रलाई बकवास दस्तावेज भएको टिप्पणी गरेका छन् । २३ औं मनमोहन अधिकारी स्मृति दिवसको उपलक्ष्यमा अयोजित कार्यक्रममा वोल्दै ओलीले त्यस्तो टिप्पणी गरेका हुन् । राजनीतिक विश्लेषण केही पनि नभएको र तथानाम गाली नै गाली भएकाले घोषणापत्रलाई राजनीतिक दस्तावेज भन्न नसकिने ओलीले बताएका छन् ।

नेपाली कांग्रेसले चुनावी घोषणापत्र भनेको त्यो राजनीतिक दस्तावेज होइन । जम्माजम्मी धारे हात लगाएको छ, एमालेलाई । ५ वर्ष त्यसै खेर गयो भनेको छ । रेल ल्याउनु उत्ताउलो विकास हो’, अध्यक्ष ओलीले भने , ‘यस्तै यस्तै बकवास र गालीगालैच घोषणापत्रमा दर्जानौँ ठाउँमा नाम किटेर तथानाम गाली गरेको छ । राजनीतिक विश्लेषण नभएकाे बताएका छन् । ओलीले नामै किटेर आफूलाई गाली गरेको र उत्ताउलो विकास गरेको आरोप लगाएको भन्दै कांग्रेस घोषणापत्र काम नलाग्ने दस्तावेज भएको बताएका हुन् ।

 

You might also like
Comments
Loading...