उपमेयरतर्फ एमालेकी सुनिता डंगोलको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरतर्फ एमालेकी सुनिता डंगोलको  भारी मतले अग्रता कायम नै रहेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ४ हजार ४४४ मत गणना सकिँदा एमालेकी सुनिता डंगोलले १७४३ मत प्राप्त गरेकी छन् ।

डंगोलसँग प्रतिस्पर्धामा रहेका सत्ता गठबन्धनका नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले ५१६ मतका साथ पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा राप्रपाले ४१३ मत प्राप्त गर्नुभएको छ । उपमेयरका सबै प्रत्याशीहरुको जोड्दा पनि सुनिता अग्रस्थानमा रहेकी छन् ।

You might also like
Comments
Loading...