प्रचण्डको निर्वाचन क्षेत्र माडी नगरपालिकामा नेकपा एमालेकाे जित

चितवन । माडी नगरपालिकामा नेकपा एमालेले मेयर जितेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पर्नेएमाले(राप्रपा गठबन्धनकी उम्मेदवार रहेकी ताराकुमारी काजी महतोले जित हात पारेकी हुन् ।

कांग्रेस(माओवादी गठबन्धनका उम्मेदवार ऋषि काफ्लेलाई २ हजा १७२ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् । महतोले ९ हजार ९०१ मत ल्याउँदा काफ्लेले ७ हजार ७२९ मत ल्याए ।

उपमेयरमा भने कांग्रेसका खेम महतो निर्वाचित भएका छन् । उनले ६ हजार ८३० मत ल्याएर जित्दा एमालेसँगको तालमेलमा उपमेयरका उम्मेदवार बनेका मदन पौडेलले ५ हजार ४० मत मात्रै ल्याउन सके । स्वतन्त्र उम्मेवार बनेका कृष्ण पौडेलले उपमेयरमा ३ हजार ८६ मत ल्याए । उनी कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र भई उम्मेदवार बनेका हुन् ।

९ वटा वडा रहेको माडीमा राप्रपाले वडा नं। १ र ८, माओवादीले २,४,५ र ९, समाजवादीले ३ र ७ तथा एमालेले वडा नं। ६ मा जित हात पारेको छ ।

 

You might also like
Comments
Loading...