संखुवासभाको मादी नगरपालिकामा नेकपा एमाले विजयी

काठमाडौं । संखुवासभाको नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएको छन् ।

मादी नगरपालिका प्रमुखमा एमालेका जीवन लिङ्थेपले चार हजार ३३१ मत ल्याएर विजयी भएका हुन् । आज दिउँसो सार्वजनिक अन्तिम मतपरिणामअनुसार प्रमुख लिङथेपले १६ सय ५५ मत अन्तरले माओवादी केन्द्रका दावाछत्र शेर्पालाई पराजित गरेका छन् ।

उनका निकतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट प्रमुख उम्मेदवार शेर्पाले दुई हजार ६७६ मत मात्र ल्याएका छन् ।त्यस्तै उपप्रमुखमा एमालेकै सुनितादेवी भट्टराई विजयी भएकी छन् ।

कांग्रेसका शेर्पालाई ८८२ मत अन्तरले पछि पार्दे उपप्रमुख भट्टराई उपप्रमुख पदमा विजयी भएकी हुन् । उपप्रमुख चार हजार ११० मत ल्याएर विजयी भएकी हुन् ।

उनका उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पासाङ शेर्पाले तीन हजार २२८ मत पाएका छन् । मादी नगरपालिकामा यसअघि प्रमुख उपप्रमुख नै एमालेले जितको थियो ।

You might also like
Comments
Loading...