उपसभामुखमा एमालेको उम्मेदवार विद्या भट्टराई

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभाको उपसभामुखमा सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।

उनले संघीय संसद् भवन नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा शान्ता चौधरी र समथर्कमा कृष्णभक्त पोखरेल रहेका छन् ।

यसअघि सत्तारुढ दलकातर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल गौतमले उपसभामुखमा उम्मेदवारी दर्ता गराएका थिए । भुसालको प्रस्तावक नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ छन् भने नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमारी चौधरी समर्थक रहेका छन् ।

You might also like
Comments
Loading...