युनिग्लोवद्वारा आयोजित ‘अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन’ सम्पन्न

काठमाडौं । व्यवस्थापन शिक्षामा अग्रणी पहिचान बनाउन सफल युनिग्लोव कलेजद्वारा आयोजित ‘नवौँ अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन’ सम्पन्न भएको छ । कलेज प्राङ्गढमा आयोजित सम्मेलनको उद्घाटन बुधबार भएको हो भने बिहीबार समापन भएको छ ।

कार्यक्रममा अमेरिका, फ्रान्स, स्लोभेनिया, मलेसिया, भारत लगायत ६ वटा देशका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रम निर्देशक अनन्तराज घिमिरेले जानकारी दिए । ‘कार्यक्रममा ७ सय भन्दा बढी विद्यार्थीको सहभागिता रह्यो,’ उनले भने, ‘सम्मेलन अपेक्षा अनुसार सफल भएको छ ।’

विद्यार्थीलाई उद्यममा लाग्न प्रेरणा प्रदान गर्ने, आत्मविश्वास बढाई क्षमता अभिबृद्धि गराउने लगायतको लक्ष्यसहित कलेजले सम्मेलन आयोजना गरेको कलेजका प्राचार्य डा. नरबहादुर विष्टले जानकारी दिए ।

कार्यक्रममा विभिन्न देशका प्रतिनिधिले आआफ्नो विचार राखेका थिए भने विद्यार्थीले रिसर्च पेपरसमेत प्रस्तुत गरेका थिए ।

You might also like
Comments
Loading...