युआरएलद्वारा निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम गरिने

काठमाडौं । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि. (युआरएल) ले निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम गर्ने भएको छ ।

युआरएलको दशौं सेवा केन्द्र शुभारम्भको अवसरमा मधुमेह( FBS/PPBS) तथा रगतमा हुने खराव बोसो (TG )सम्वन्धी निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम गर्न लागेको हो ।

युआरएलको आयोजनामा उक्त कार्यक्रम यही असार ११ गते शनिबार पोखरा-३० शिशुवामा हुनेछ । विश्वकै सर्वोत्कृष्ट प्रविधि, उत्कृष्ट मेसिन र दक्ष जनशक्तिबाट सेवा दिइरहेको युआरएलले ग्राहकलाई उपहार स्वरुप योजना हो ।

हालसम्म ४ लाखभन्दा बढीलाई सेवा दिइसकेको युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सयभन्दा बढी स्वास्थ्य शिविर र सचेतना कार्यक्रम गरिसकेको छ ।

 

You might also like
Comments
Loading...