भन्सार एजेन्टको लिखित परिक्षाको नतिजा सार्वजनिक

काठमाडौं । भन्सार एजेन्टको नतिजा सार्वजनिक भएको छ । भन्सार विभागले एजेन्टका लागी लिएको लिखित परीक्षाको नतिजा सोबमार सार्वजनिक गरेको हो ।

विभागले लोकसेवा आयोगसँगको सहकार्यमा वि सं २०७९ बैशास १७ गते परीक्षा सञ्चालन गरेको थियो । उक्त लिखित परीक्षामा ५ हजार ६१५ जना सहभागी भएका थिए । विभागको सार्वजनिक नतिजाअनुसार परीक्षामा ८६० जना उत्तीर्ण भएका छन्।

लिखित परीक्षामा उत्तीर्ण भएकाहरूको अन्तर्वार्ता असार ५ गतेदेखि सुरु हुनेछ।

 

You might also like
Comments
Loading...