तनहुँ सम्पर्क समाज पोखराको अध्यक्षमा भरत केसी

काठमाडौं। तनहुँ सम्पर्क समाज पोखराको अध्यक्षमा भरत केसी चयन भएका छन् ।

शनिबार सम्पन्न भएको तनहुँ सम्पर्क समाज पोखराको सातौँ साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा भरत केसी निर्वाचित भएका छन् भने बरिष्ठ उपाध्यक्षमा भुवन पराजुली काफ्ले र उपाध्यक्षमा जसबहादुर गुरुङ निर्वाचित भएका छन् ।

त्यस्तै, महासचिवमा यामबहादुर सुर्खाली, सचिवमा जगन्नाथ गौतम, कोषाध्यक्ष राजु भण्डारी निर्वाचित भएका छन् ।

साथै सदस्यहरुमा चित्रबहादुर अधिकारी, रमा पौडेल घिमिरे, श्रीराम सापकोटा, हरिबहादुर थापा, नारायण प्रसाद भट्टराई, धुवकुमार महत, कृष्णप्रसाद सिग्देल र सिता सिग्देल सुबेदी निर्वाचित भएका छन् ।

You might also like
Comments
Loading...