नेपालीमा भित्रियो इलेक्ट्रिक कार ‘विलिङ एयर इभी’, यस्ता छन् विशेषता

काठमाडौं । काठमाडौंको हायात रेजेन्सीमा इभी नेपाल मोटर्सले विलिङ एयर इभीको मिडिया टेष्ट ड्राइभ कार्यक्रम आइतबार सम्पन्न गरेको छ । इन्डोनेसियाको इभी ब्राण्ड विलिङलाई नेपाली बजारमा बज्र ग्रुप अन्तर्गतको इभी नेपाल मोटर्सले बिक्री वितरण सुरु गरेको हो ।

कम्पनीले सय र ३ सय किमीको रेन्जमा नेपाली बजारमा विलिङ एयर इभी उपलब्ध गराएको छ । यसको मूल्य २४ लाख ९९ हजार रुपैयाँ र ३० लाख ९९ हजार रुपैयाँ पर्छ । नेपाली बजारमा सस्तो मूल्यमा सुविधा सम्पन्न र ब्राण्डेड इभी गाडी भित्र्याउन आफूहरु सफल भएको कम्पनीका प्रवन्ध निर्देशक प्रकाश बज्राचार्यले बताए । यो गाडी विभिन्न पाँच रंगहरुमा उपलब्ध छ ।

नेपालमा आएका इभी मध्ये उत्कृष्ट र राम्रो क्वालिटीको कार विलिङ रहेको कम्पनीको दावी छ । नेपालीलाई नै मध्यनजर गरी बनाइएको हुनाले पनि यो मोडल नेपाली बजारमा धेरैको रोजाईमा पर्ने कम्पनीको विश्वास छ । कम बजेटमा राम्रो क्वालिटीको इभी चढ्ने अवसर ग्राहकलाई मिलेको बज्राचार्य बताउँछन् ।

चार घन्टामा ब्याट्री फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । व्याट्रीको वारेन्टी ८ वर्ष उपलब्ध छ । ‘संसारकै बढी बिक्री हुने इभी मध्येमा पर्ने विलिङ एयर इभी नेपाली बजारमा पनि लोकप्रिय हुनेमा हामी विश्वस्त छौं,’ उनले भने, ‘हेर्दा सानो भएपनि सुविधा सम्पन्न, आरामदायी र भरपर्दो छ । यो गाडी कम्प्लिट फेमिली कार हो ।’

कम्पनीको शोरुम नक्सालमा छ । आगामी दिनमा देशभर डिलर सञ्जाल विस्तार गर्ने बज्राचार्यले जानकारी दिए । नेपाललाई धुवाधुलोरहित बनाउने सोचका साथ इभी नेपाल मोटर्स अगाडि बढेको र ग्राहकबाट प्राप्त सकारात्मक प्रतिक्रियाबाट आफूहरु उत्साही बनेको बज्राचार्य बताउँछन् ।

अमेरिकी कम्पनी जनरल मोटर्सको सब्सिडी कम्पनीको रुपमा वुलिङ ईभी छ । आधारभूत आवश्यकतालाई पुरा गर्न सक्ने र ग्राहकले आफ्नो खर्चले धान्न सक्ने इलेक्ट्रिक कार नेपाली बजारमा उपलब्ध गराउन आफूहरु सफल रहेको कम्पनीले जनाएको छ ।

सहजै ब्याट्रि चार्ज गर्न सकिने, मर्मत खर्च अत्यन्तै न्युन, सेफ्टी फिचर्स, भ्वाइस कमान्डिङ, रिमोट कि लगायतका विशेषता यो गाडीमा उपलब्ध छन् । सहज फाइनान्स सुविधा उपलब्ध रहेको र २० प्रतिशत डाउनपेमेन्टमा गाडी खरिद गर्न सकिने कम्पनीका जनरल म्यानेजर नवराज कोइरालाले जानकारी दिए । नेपाली बजारमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको कारोबार गर्दै आएको बज्र ग्रुपले हालै चारप्राङग्रे इभी भित्र्याएको हो ।

 

You might also like
Comments
Loading...