पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडादर पनि घटेको छ ।

यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडादर घटाएको हो ।विभागको पहिलेकै निर्णय अनुसार स्वचालित प्रणाली अनुसार भाडादर घटाइएको हो ।

यस अनुसार यात्रुवाहक सवारीमा ५.४१ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीमा ६.९७ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतको दरले भाडादर घटाइएको छ ।

नेपाल आयल निगमले राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेल-मट्टितेलको मूल्यमा प्रतिलिटर २९ रुपैयाँ घटाएको हो ।

घटेको मूल्यअनुसार अब उपभोक्ताले प्रतिलिटर १७९ रुपैयाँमा पेट्रोल र १६३ रुपैयाँमा डिजेल-मट्टितेल पाउँछन् ।

You might also like
Comments
Loading...