लायन्स क्लब अफ पोखरा मिड टाउनमा सुनादेवी श्रेष्ठ

पोखरा । लायन्स क्लब अफ पोखरा मिड टाउनको अध्यक्षमा समाजसेवी सुनादेवी श्रेष्ठ निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न क्लबको अधिवेशनबाट लायन वर्ष २०२२/२३ का लागि उनी अध्यक्षमा निर्वाचित भएकी हुन् । क्लबको प्रथम उपाध्यक्षमा विकास भुर्तेल निर्वाचित भएका छन् । इलेक्ट डिष्ट्रिक्ट गभर्नर महेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा क्लबको इलेक्सन भएको हो ।

क्लबको द्वितीय उपाध्यक्षमा लेखबहादुर केसी, तृतीय उपाध्यक्षमा पोसबहादुर भुजेल, सचिवमा त्रिलोचन गौतम, एडमिनिष्ट्रेटरमा लोकनाथ भण्डारी, कोषाध्यक्षमा मदन गौली, सहसचिवमा प्रसिस थापा, सहकोषाध्यक्षमा अननाथ अधिकारी मनोनित भएका छन् ।

अध्यक्षमा निर्वाचित गर्ने क्लबका सम्पूर्ण सदस्यप्रति अध्यक्ष श्रेष्ठले आभार व्यक्त गरेकी छन् । आफ्नो कार्यकाल भरी समाज सेवाका क्षेत्रमा क्लबले उत्कृष्ट कार्य गर्ने र आफूलाई सबैको सहयोग रहनेमा आफू विश्वस्त रहेको उनले बताइन् ।

You might also like
Comments
Loading...