सेकेन्ड ह्याण्ड गाडीलाई हुलास फिन सभ लिमिटेडले लगानी गर्ने

काठमाडौं । सेकेण्ड ह्याण्ड गाडीलाई बैंक तथा फाइनान्सहरुले लगानी गर्दैनन् । बैंक तथा वित्तीय संस्थाबाट फाइनान्स सुविधा प्राप्त नहुँदा धेरै रिकन्डिसन व्यवसायी र सेकेण्ड ह्यान्ड गाडी किन्ने ग्राहकहरु मर्कामा पर्दै आएका छन् ।

यसै सन्दर्भमा रिकन्डिसन व्यवसायी र सेकेण्ड ह्याण्ड गाडीका ग्राहकको सुविधालाई ध्यानमा राख्दै हुलास फिन सर्भ लिमिटेडले फाइनान्स सुविधा प्रदान गर्ने भएको छ । हुलास फिनले सेकेन्ड ह्यान्ड गाडीको मूल्यांकन अनुसार ५० देखि ६० प्रतिशतसम्म ऋण उपलब्ध गराउने भएको हो ।

हुलास फिनले ऋण लगानीका लागि केही व्यवसायीसँग सम्झौतासमेत गरिसकेको बताइएको छ । यसरी ऋण लगानी हुँदा व्यवसायीहरुलाई सहज हुने नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष रमेश कोइरालाले बताए ।

‘बैंकहरुले नयाँ गाडीहरुलाई मात्र ऋण दिने प्रचलन भएको र सेकेन्ड ह्याण्ड गाडीहरुलाई बैंकहरुले ऋण नदिने र नयाँ गाडीलाई पनि तरलता कमीको कारण देखाई ऋण नदिएको अवस्थामा हुलास फिनले ऋण उपलब्ध गराउन सुरुवात गर्नु राम्रो काम हो,’ उनले भने ।

हुलास फिनले सोमबार एक कार्यक्रमबीच रिकन्डिसन अटो व्यवसायीलाई स्वागतसमेत गरेको छ ।

You might also like
Comments
Loading...