शैक्षिक परामर्श क्षेत्रका सम्भावना, अवसर र चुनौतीहरुका विषयमा छलफल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र विभिन्न देशका कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । बर्तमान परिवेशमा शैक्षिक परामर्श क्षेत्रका सम्भावना, अवसर र चुनौतीहरुका विषयमा केन्द्रित रहेर इक्यान अष्ट्रेलिया डिपार्टमेन्टको नेतृत्वमा शुक्रबार कार्यक्रम भएको हो ।

कार्यक्रममा अष्ट्रेलिया, क्यानडा, युके लगायत अन्य देशका कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु सहभागी थिए । समग्र शैक्षिक परामर्शलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर छलफल गरिएको इक्यानले जनाएको छ ।

इक्यानका अष्ट्रेलिया डिपार्टमेन्ट प्रमुख तथा निबर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले कार्यक्रमको विषय बस्तुमाथि केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरेका थिए । इक्यानका अध्यक्ष प्रकाश पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा महासचिव दीपकराज भुसालले सहजीकरण गरेका थिए ।

इक्यानका पूर्व अध्यक्षहरु, सल्लाहकार, कार्यसमितिका पदाधिकारी तथा कार्यसमिति सदस्य र कलेज तथा युनर्भिसिटीका प्रतिनिधिले उक्त अवसरमा आ–आफ्नो विचार राखेका थिए । समग्र शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

 

You might also like
Comments
Loading...