मिनिसो र मिसियो स्टोरमा सामान किन्दा ग्लोबल आइएमई बैंकका ग्राहकलाई क्यास ब्याक

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय ब्रान्डहरू मिनिसो र मिसियोबीच सहकार्यको सम्झौता भएकोछ । सम्झौता अनुसार बैंकका ग्राहकले मिनिसो र मिसियोको सामान खरिदमा विशेष छुट पाउने भएका छन् ।

मिनिसो र मिसियो स्टोरहरूबाट सामान किन्दा बैंकका ग्राहकले १० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने बताइएको छ । प्रतिष्ठित ब्राण्डका साामान खरिदमा क्यासब्याक प्रदान हुँदा बैंकका ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने विश्वास लिइएको छ ।

बैंकका ग्राहकले डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआरमार्फत भुक्तानी गर्दा प्रत्येक कारोबारमा १० प्रतिशत (अधिकतम ३ सयसम्म) क्यासब्याक पाउनेछन् ।

यो योजना जेठ १८ गते बुधबारदेखि काठमाडौं उपत्यकाभित्रका मिनिसो र मिसियोका सबै स्टोरहरूमा लागू हुनेछ ।

You might also like
Comments
Loading...