सुनको मूल्य पुनः घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । पछिल्लो २ सातादेखि सुनचाँदीको मूल्यमा उतार चढाव कायमै रहेको छ । बुधबार घटेको सुनको मूल्य बिहीबार पनि पुन घटेको छ । बिहीबार छापावाला सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ घट्न पुगेको छ ।

तोलामा १४ सय रुपैयाँ ेघटेसँगै आज छापावाला सुनको मूल्य तोलाको ९४ हजार ६ सय रुपैयाँमा कारोबार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो छापावाला सुन तोलाको ९६हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्त, आज तेजाबी सुनको मूल्य ९४ हजार १ सय रुपैयाँमा कारोबार तोकिएको महासंघले जनाएको छ ।

बुधबार तेजाबी सुनको मूल्य तोलाको ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार चाँदी मूल्य तोलामा १० रुपैयाँ बढेको । तोलामा १० रुपैयाँमा बढेसँगै आज चाँदीको मूल्य तोलाको १ हजार एक १८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

बुधबार चाँदी तोलाको ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।दुई दिनमा छापावाल सुन तोलामा ३ हजार रुपैयाँ घटेको छ ।

You might also like
Comments
Loading...