काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १४ सयले बढेको छ ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा १४ सयले बढी प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै विहीबारतेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।
यस्तै, चाँदीको मूल्य पनि बिहीबार १५ रुपैयाँले बढेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।