आज सुनचाँदीको मूल्य घट्यो

बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुत्रबार सुनको मूल्य तोलामा सयले घटेको छ ।

आज छापावाल सुनको तोलामा मूल्य ६ सयले घटी आज ९८ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकरी दिएको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।तेजावी सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि शुक्रबार २५ रुपैयाँले घटेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like
Comments
Loading...