ललितपुर जिल्लामा बाल बिवाह रोकथाम अभियान

काठमाडौं । विश्व कीर्तिमानी सगरमाथा आरोही तथा सामाजिक अभियान्ता कल्पना महर्जनले वि.सं. २०७६ जेठ ९ गते सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट उद्घोष गरेको बाल बिवाह रोकथाम अभियानलाई ललितपुर जिल्लाबाट सुरुवात गरिएको छ । गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा गोदावरी नगरपालिका वडा नं. ८ डुकुछापको सामुदायिक स्कुलहरुका विद्यार्थीहरुको साथै दनुवार बस्तीमा सचेतना अभियानको थालनी भएको हो ।

नेपालको अन्य अल्पसंख्यक जातिमध्ये दनुवार पनि एउटा जाति हो । नेपालको वि.सं. २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार देशभर दनुवारहरुको संख्या ८४ हजार १ सय १५ छ । नेपालको काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, नुवाकोट, कास्की, झापा, मोरड.ग, सुनसरी, रौतहट मकवानपुर, सर्लाही लगायत जिल्लामा दनुवारहरु बसोबास गर्दै आएका छन् ।

दनुवार जाति भरसक आफ्नै गाउँमा विवाह गर्छन् । यो समाजमा बालविवाह एवं बहु विवहाको प्रचलन छदैछ । गरिबी जनचेतनाको अभवा जस्ता बाध्यात्मक कारण बाहेक, सामाजिक सञ्जाल लगायतको बढ्दो प्रयोगसँगै स्वेच्छाले परिवारको स्वीकृति विना पनि भागेर बालविवाह हुने गरेको वास्तविकता पनि छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको दुबै मोहोडा नेपाल दक्षिणी तर्फबाट (सन् २०७५ जेठ ९ गते) उत्तरी मोहोडा (तिब्बत तर्फबाट सन् २०७६ जेठ ९ गते)का दिन सफल आरोहण गरी सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला पत्रकारको विश्व कीर्तिमानी राख्न महर्जन सफल बनेकी हुन् ।

ललितपुर महानगरपालिका स्थापना भएको १००औं दिन तथा वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १००औं जन्मोत्सवको उपलक्षमा कल्पना महर्जनले सर्वोच्च शिखरबाट नगरपालिकाको लोगो अंकित झन्डा र जोशीको फोटो अंकित झन्डा सर्वोच्च शिखरको सगरमाथामा फह¥याएकी थिइन् । एक्स्पेरियन्स आउटडोर्स नेपालको व्यवस्थापनमा भएको सगरमाथा आरोहणको सिलसिलामा बोकेको नारा ‘शिक्षाको माध्यबाट बाल बिवाह रोकथाम अभियान २०१९’ वि.सं. २०७५ जेठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाबाट उद्घोष गरेकी हुन् । यो अभियान कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनले संस्थाका थप साझेदार सामुदायिक विद्यालयहरुमा प्रभावकारी ढंगले अघि बढाउने बताएकी छिन् ।

You might also like
Comments
Loading...