इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा कल्पना महर्जन

इलाम । इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा विश्व कीर्तिमानी महिला सगरमाथा आरोही तथा सहासिक पर्यटन पत्रकार कल्पना महर्जन नियुक्त भएकी छन् । नगर प्रमुख महेश बस्नेत र महर्जनले सम्झौता पत्रमा बिहीबार हस्ताक्षर गरेका छन् ।

पूर्वी जिल्ला इलामको इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा नियुक्त हुन पाउँदा खुसी लागेको बताउँदै महर्जनले पर्यटन प्रवद्र्धनका क्षेत्रमा आफूले काम गर्ने बताइन् ।

महर्जनले सन् २०१८ र २०१९ मा दक्षिणी र उत्तरी दुबैतिरबाट सगरमाथाको शिखर आरोहण गरेर कीर्तिमान राखेकी छन् ।

पर्यटन गतिविधिको विकास र प्रवद्र्धनमा महर्जनको भूमिका प्रशंसनीय रहेको नगर प्रमुख बस्नेतले बताए ।

You might also like
Comments
Loading...