दाँत तथा मुख सफा गर्न जान्नै पर्ने यी तरिकाहरु

काठमाडौं । दाँत तथा मुख सम्बन्धी समस्या धेरैलाई हुने गर्छ । दाँत तथा मुखको स्वास्थ्यमा हामीले चासो दिन आवश्यक छ । यसका लागि दाँत तथा मुख सफा गर्ने केही तरिकाहरु हामीले यहाँ प्रस्तुत गरेका छौं ।

– बिहान र बेलुका खाना खाएपछि फ्लोराइडयुक्त दन्त मन्जन प्रयोग गरी दाँत माझ्ने ।

– अन्य समयमा खानेकुरा खानासाथ मुख कुल्ला गर्ने ।

– २ दाँत बीचको सतह ‘डेन्टल फ्लस’को प्रयोग गरी सफा गर्ने ।

– बालबालिका २ वर्ष नपुग्दासम्म सफा कपास पानीले र २ वर्षको उमेरदेखि नरम ब्रसले दाँत सफा गरिदिने ।

– टाँसिने, प्रशोधित, गुलियो, धेरै तातो वा चिसो, अमिलो खाद्य पदार्थ नखाने ।

– धुम्रपान, मदिरा, सूर्तिजन्य पदार्थ, पान, सुपारी सेवन नगर्ने ।

रेसादार, ताजा फलफूल, हरियो सागपात, दूध, माछा जस्ता सन्तुलित खानाको प्रयोग गर्ने ।

– हरेक ६ महिनामा दन्त परीक्षण गर्ने ।

बिहाना खाना पछि र बेलुका सुत्नुअघि नियमित रुपमा मुख सफा गरेमा ९० प्रतिशत मुखका रोगहरुबाट बच्न सकिने अध्ययनले देखाएको छ ।

You might also like
Comments
Loading...