एनसिएसको आयोजनामा दमौलीमा ‘अष्ट्रेलियन एजुकेसन सेमिनार’ हुँदै

दमौली । तनहुँको सदरमुकाम दमौलीमा ‘अष्ट्रेलियन एजुकेसन सेमिनार’ हुने भएको छ । एनसिएस एजुकेसन फाउण्डेसनको आयोजनामा वैशाख ९ गते शुक्रबार दिनको १ बजे दमौली पार्टी प्यालेसमा सेमिनार हुनेछ ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि सेमिनार निकै उपलब्धीपूर्ण हुने एनसिएसका प्रवन्ध निर्देशक रमेश अधिकारीले जानकारी दिए । ‘अष्ट्रेलियाका विभिन्न कलेजका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेटेर संवाद गर्ने अवसर सेमिनारमा मिल्नेछ,’ उनले भने ।

अष्ट्रेलियाको परिवर्तित शिक्षा नीति, कोर्ष, छात्रबृत्तीको अवसर लगायत विद्यार्थीले आवश्यक पर्ने सम्पूर्ण जानकारी फेयरबाट प्राप्त गर्न सक्ने अधिकारीले जानकारी दिए ।

You might also like
Comments
Loading...