टुँडिखेलमा आज ध्यान, नृत्य र संगीतको महाउत्सव

काठमाडौं । आज नयाँ वर्ष २०७९ को पहिलो दिन टुँडिखेलमा ध्यान, नृत्य र संगीतको महाउत्सव ‘सेलिब्रेसन’ हुने भएको छ । ओशो तपोवनसँगको सहकार्यमा ओम नेपाल मिडिया प्रालिद्वारा आयोजित उक्त कार्यक्रमको आज दिउसो ४ बजे उपराष्ट्रपति नन्द बहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा सहभागी हुन दिउँसो २.३० बजेदेखि नै टुँडिखेलको गेट खुल्ला हुने भएको छ ।

ध्यान, नृत्य, संगीत तथा शान्ति सहितको महाउत्सवमा सहभागी आयोेजकले सम्पूर्णमा आग्रह गरेको छ ।

हाँस्य कलाकार मनोज गजुरेलका अतिरिक्त उत्सवमा भारतको प्रतिष्ठित पद्यश्री पुरस्कारबाट सम्मानित भारतीय सुप्रसिद्ध निर्गुण भक्ति संगीतका महारथी गायक प्रह्लाद सिंह टिपानियाको विशेष प्रस्तुति रहने छ ।

ओशो तपोवनका संरक्षक तथा संस्थापक वोधिसत्व स्वामी आनन्द अरूणको सत्सङ्ग र आर्शिवाद प्राप्त गर्ने शुभ अवसर समेत मिल्नेछ । नेपालको चर्चित संगीत व्याण्ड ‘कुटुम्ब’ को बेजोड लाइभ प्रस्तुति रहनेछ ।

गायिका बेनिशा पौडेल, प्रदिप रोदन, लगायतको प्रस्तुती रहने कार्यक्रमबाट सहभागीले ज्ञान, ध्यान, सत्सङ्ग र साधनाको माध्यमबाट ओशोको आधुनिक मनुष्यलाई बुद्धत्व र भगवत स्थिति प्राप्त गर्ने तथा समग्र मुनष्य बन्ने नयाँ जीवन दर्शन ‘जोरबा दी बुद्ध’को जीवनशैलीको बारेमा अनुभव लिन सक्ने जनाइएको छ ।

You might also like
Comments
Loading...