निमास एजुकेशनको वार्षिकोत्सवको अवसरमा विशेष छुट

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा तथा भाषा शिक्षण प्रदान गर्दै आइरहेको निमास एजुकेशन प्रा.लि. १३ वर्ष पुरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । काठमाडौंको बागबजारमा प्रधान कार्यालय रहेको कम्पनीले वार्षिकोत्सवको अवसरमा विद्यार्थी, अभिभावक, विदेशस्थित कलेज तथा युनिभर्सिटी तथा शुभेच्छुक सम्पूर्णप्रति आभार व्यक्त गरेको छ ।

प्रालिका निर्देशक सरोज थापाको निधनका कारण यस वर्ष वार्षिकोत्सवको अवसरमा प्रालिले औपचारिक कार्यक्रम भने गरेको छैन । वार्षिकोत्सवलाई मध्यनजर गर्दै छुट अफर भने सार्वजनिक गरिएको छ । वार्षिकोत्सवको अवसरमा पिटिई तथा आईएलटिएसको कक्षामा ५० प्रतिशत छुट प्रदान हुने कम्पनीले जनाएको छ । विदेश जान चाहने विद्यार्थीको प्रोसेसिङ शुल्कमा पनि विशेष छुट प्रदान हुनेछ । प्रालिका निर्देशक थापाको निधन भएको वार्षिक पूण्यतिथिको दिन आगामी जेठ ७ गतेसम्म यो अफर जारी रहने प्रालिले जनाएको छ ।

कम्पनीले अष्ट्रेलिया, न्युजील्याण्ड, क्यानडा, अमेरिका, युके, युरोप, फिलिपिन्स, चाइनामा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको प्रवन्ध निर्देशक गीता रिजालले जानकारी दिइन् । ‘परामर्शसँगै भिसा प्रक्रिया, टेष्ट र इन्ट्रान्स तयारी कक्षासमेत सञ्चालन गर्दै आइरहेको छौं,’ उनले भनिन् ।

निमास एजुकेशन आइएसओ ९००१–२०१५ सर्टिफाइड कम्पनी हो । अन्तर्राष्ट्रियस्तरमा रिकग्नाइज एजेन्सीका रुपमा आफूहरुले काम गरिरहेको छ । पिआइआर, आइसिएफ, एजुकेशन न्युजील्याण्ड, युएसएटिसी, सिसिए, आइएसएएनए, जस्ता अन्तर्राष्ट्रिय संस्थाबाट पनि निमास एजुकेशन रिकग्नाइस संस्था हो ।

‘विदेशस्थित प्रतिष्ठित युनिभर्सिटी तथा कलेजहरुमा विद्यार्थी पठाउन सफल छौं,’ रिजालले भनिन् । कम्पनीका प्रवन्ध निर्देशक गीता रिजाल फेकनको पूर्व वरिष्ठ उपाध्यक्ष हुन् । शिक्षा मन्त्रालयको समन्वय समितिका सदस्य भएर पनि उनले काम गरिरहेकी छन् । उनी पायर, टिआइटिआइ र न्युजिल्याण्डबाट सर्टिफाइड काउन्सिलरसमेत हुन् ।

You might also like
Comments
Loading...