एसडी मिराकलको आयोजनामा ‘स्टडी इन अष्ट्रेलिया इन्फरमेसन सेसन’

काठमाडौं । एसडी मिराकल एजुकेसनल कन्सल्टेन्सी बागबजार काठमाडौंको आयोजनामा ‘स्टडी इन अष्ट्रेलिया इन्फरमेसन सेसन’ मंगलबार सम्पन्न भएको छ । अष्ट्रेलियाको ‘अष्ट्रेलियन टेक्निकल कलेज’मा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई केन्द्रित गरेर सेसन संचालन आयोजना गरिएको एसडी मिराकलका प्रवन्ध निर्देशक गणेश शर्माले जानकारी दिए ।

इन्फरमेसन सेसनमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको शर्माले बताए । ‘उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि सेसन फलदायी र उपलब्धीपूर्ण रह्यो,’ उनले भने ।

कार्यक्रममा अष्ट्रेलियन टेक्निकल कलेजका ग्लोबल एडभाइजर उस्मान अख्तर र कलेजका जेनी प्रधानले सहजीकरण गरेका थिए ।

अष्ट्रेलिया, युके, युएस, क्यानडा, दक्षिण कोरिया लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गरी कन्सल्टेन्सीले परामर्श सेवा दिदै आइरहेको छ ।

You might also like
Comments
Loading...