प्रत्यक्ष निर्वाचन प्रणाली किन ?

श्रमिक जि.सी.

नेपाल अहिले संघीय गणतान्त्रिक मुलुक हो । जसमा प्रधानमन्त्री पद कार्यकारी पदको रुपमा रहेको संविधानमा उल्लेख गरिएको छ । सो अनुसार नै नेपालमा गणतन्त्रको स्थापना पश्चात प्रधानमन्त्री कार्यकारी नै रहेको भएपनि प्रधानमन्त्री छान्ने प्रक्रिया अपारदर्शी छ । अर्थात प्रधानमन्त्री एउटा जिल्लाको पनि सानो एउटा भूभागबाट अर्थात क्षेत्रबाट मात्र छानिएर बाँकी ७७ वटा जिल्लाको सम्पूर्ण चुनावी क्षेत्रको प्रतिनिधित्व गर्न सकिने संविधानको आसय व्यवहारिक छैन, यसलाई बदल्न आवश्यक छ ।

एउटा सानो क्षेत्रबाट चुनिएर बाँकी ७७ वटै जिल्लाका सांसदहरुको मतलाई लिएर (सांसद खरिद बिक्री समेत गरिन्छ) सांसदमा बहुमत देखाएर प्रधानमन्त्री हुनु वास्तविक प्रजातन्त्र होइन । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा हाल डडेल्धुरामा मात्रै केन्द्रित हुने कारण यही नै हो । वास्तविक प्रजातान्त्रिक मुलुकमा सम्पूर्ण जनताद्वारा ७७ जिल्लाको सबै चुनाव क्षेत्रको प्रतिनिधित्व हुने गरी मत लिएर प्रत्यक्ष चुनावी प्रक्रियाद्वारा प्रधानमन्त्री छानेमा सक्षम र जनउत्तरदायी प्रधानमन्त्री बन्न जाने छ । प्रत्यक्ष निर्वाचन प्रणाली बढी प्रजातान्त्रिक र व्यवहारिक प्रणाली हो ।

प्रत्यक्ष निर्वाचन प्रणालीमा No Vote, Right to reject Right to recall थप गरेर संघीय गणतान्त्रिक मुलुकलाई झन् समृद्ध बनाउन नै मेरो उम्मेदवारी हो ।

प्रत्यक्ष कार्यकारी पदको निर्वाचन हुँदा संविधानलाई संसोधन गरी राष्ट्रपति प्रत्यक्ष निर्वाचन प्रणालीबाटै छान्नु अझै उपयुक्त हुन्छ । त्यसमा पनि हरेक सातवटै प्रदेश प्रमुख पनि प्रत्यक्ष जनताको भोटबाट छानिने संवैधानिक व्यवस्था तर्जुमा गरेर देशलाई राष्ट्र निर्माण प्रक्रियामा लैजान सबै ‘युवा’हरुले साथ दिनुपर्छ । यो अहिलेको व्यवस्था हटाउन र परिवर्तनको लागि हामी ‘युवा’हरु एकजुट हुन जरुरी छ ।

You might also like
Comments
Loading...