अन्तर्राष्ट्रिय

बेइजिङमा भारी हिम बर्षा, शीतकालीन ओलम्पिकमा आएका पाहुनाहरू चीसोले प्रभावित

बेइजिङ । बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेका समय हिम बर्षा हुँदा खेलमा सहभागी हुन आएका खेलाडी र पाहुनासमेतले अत्यधिक चीसोको सामना गर्नुपरेको छ । बेइजिङ मौसम विज्ञान पूर्वानुमान शाखाले बेइजिङमा आइतबार १२ः५५ देखि भारी हिमपात हुनसक्ने र शहरमा औसत ४ मिलिमिटरभन्दा बढी हिमपात हुने जानकारी दिएको थियो । बाटोमा धेरै हिमपात भएको कारण यातायात सेवा समेत प्रभावित बनेको छ ।

बेइजिङमा जारी शीतकालीन ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका स्वदेशी तथा विदेशी खेलाडी आइतबारबिहान सबेरै भारी हिउँको बर्षासँगै ब्युझिए भने हिमबर्षा हुनसक्ने पूर्वानुमान केही घण्टाअघि जारी गरिएको ‘ब्लु अलर्ट’ बाट ‘ऐलो अलर्ट’ मा पुगेको छ ।

सोमबार ५ः०० बजेसम्म उत्तर र पश्चिमका कतिपय क्षेत्रमा नै ६ देखि १० मिलिमिटर बढी हिउँ जम्मा हुने अनुमान गरिएको छ । तर सोमबार ३ः०० बजेदेखि भने हिमपात बिस्तारै कम हुँदै जाने बेइजिङ नगरीय मौसम पूर्वानुमान शाखाका प्रमुख अधिकारी झाङ यिङक्सिनले बताए ।

सोमबार दिनभर जसो शहरका केही स्थानमा तापक्रम-२ डिग्रीसम्म रहनेछ जबकि बेलुकाको तापक्रम-६ डिग्री सेल्सियससम्म हुनसक्ने पूर्वानुमान शाखाद्वारा अनुमान गरिएको छ । हिउँको प्रभावका कारण आइतबार र सोमबार केही क्षेत्रमा एक किलोमिटरभन्दा कम दृश्यावरोध हुनसक्ने भन्दै सडकमा यातायात सञ्चालन गर्दा सावधानी अपनाउन भनिएको छ ।

विशेष गरी सन् २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकको लागी आएका पाहुना तथा आयोजकको सहजीकरणका लागि शहरभरि हिउँ सफा गर्ने काम सुरु गरिएको छ । भारी हिमपातको कारण भएको कडा दृश्यावरोधले शीतकालीन ओलम्पिकका केही खेलहरू स्थगित गरिएको छ ।

सम्बन्धित समाचार

ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ

ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ

इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट संकेत दिएका छन्। उनले आफ्ना निकट सल्लाहकारलाई...

मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ

मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ

यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना...

कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी

कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी

कुवेतका अधिकारीहरूकाअनुसार बुधवार कुवेतको आकाशमा आएका ड्रोन र मिसाइलहरूलाई त्यहाँको रक्षा प्रणालीले सफलतापूर्वक विफल तुल्याएको छ । यद्यपि, एउटा...

प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ

प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ

संयुक्त राष्ट्र संघका एक विशेषज्ञले इजरायलले लामो समयदेखि प्यालेस्टिनीहरू विरुद्ध व्यवस्थित यातना दिँदै आएको बताउनुभएको छ । जुन अहिले...