स्वास्थ्य

आरोग्यम कपाल छाला तथा यौन रोग उपचार केन्द्र सञ्चालनमा आउँदै

पोखरा । पोखरा-१० इन्द्रचोकमा आरोग्यम कपाल छाला तथा यौन रोग उपचार केन्द्र सञ्चालनमा आउने भएको छ । यहि २०७८ फागुन ७ गते शनिबारबाट उपचार केन्द्र सञ्चालनमा आउने भएको हो ।

केन्द्रमा कपाल प्रत्यारोपण तथा कपाल सम्बन्धी सम्पूर्ण उपचारको व्यवस्था विशेषज्ञ चिकित्सकबाट गरिने व्यवस्था मिलाइएको हो । उपचार केन्द्रको व्यवस्थापन आरोग्यधाम होमियोप्याथिक हस्पिटल प्रा.लि. मार्फत गरिएको व्यवस्थापक डा. विष्णु चापागाईंले जानकारी दिए ।

‘उपचार केन्द्रमा छालाका विभिन्न रोगहरु तथा यौन रोगको पनि नियमित परीक्षण तथा उपचार हुनेछ,’ उनले भने । कपाल फुल्ने, तालु भएको, झर्ने, टाउकोमा टाटु परेको, पातलो भएको, चाया पर्ने, जुम्रा पर्ने ,टुक्रा परेर झर्ने, कपाल नराम्रो देखिने, झुसिलो देखिने, कपालका कुनै पनि समस्या भएमा, कपाल रोप्नु परेमा, कपाल राख्नु परेमा उपचार केन्दबाट सेवा उपलब्ध हुने उनले जानकारी दिए ।

काठमाडौंबाट आउने विशेषज्ञ चिकित्सकबाट सेवा शुभारम्भ गरिने पनि व्यवस्थापनले जनाएको छ । शुभारम्भको अबसरमा विशेष छुटको पनि व्यवस्था मिलाइने बताइएको छ ।

सम्बन्धित समाचार

औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने

औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि र सुदृढीकरण गर्ने भएको छ।...

वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ। पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदुषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष...

बालबालिकामा पनि देखियो कुष्ठरोगको जोखिम, सरकारले प्राथमिकतामा राखेर नियन्त्रण गर्ने

बालबालिकामा पनि देखियो कुष्ठरोगको जोखिम, सरकारले प्राथमिकतामा राखेर नियन्त्रण गर्ने

काठमाडौँ। सरकारले बालबालिकामा देखिएको कुष्ठरोगको जोखिमलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । हालै सार्वजनिक भएको...

निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च तयारी

निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च तयारी

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर राख्न उच्च शतर्कता...