कृषकलाई सामग्री वितरण
चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका–३ का ९७ किसानलाई कृषि सामग्री वितरण गरिएको छ । आज एक कार्यक्रमका बीच ६१ जनालाई स्प्रे ट्याङ्की, २६ लाई चरा मेशिन र १० लाई पानी तान्ने मोटर प्रदान गरिएको वडाध्यक्ष टेकलाल सापकोटाले बताए ।
पचास प्रतिशत किसानको लगानी र ५० प्रतिशत वडाको लगानीमा सामग्री वितरण गरिएको सापकोटाको भनाइ छ । उनले तरकारी पकेट क्षेत्रका लागि मैनार–बुलाकियामा लिफ्टिङ सिँचाइ योजना सम्पन्न भएको बताए ।
अन्य क्षेत्रमा पम्प सेटको व्यवस्थापन गरिएको उनको भनाइ थियो । बेमौसमी बर्सातले किसानलाई पु¥याएको क्षतिको विवरण जिल्ला पठाइसकेको र किसानलाई राहत उपलब्ध गराउने पहल गरिरहेको उनले बताए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
राष्ट्र बैंकले बजारबाट ३० अर्ब तरलता खिच्दै
काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिनका लागि...
सुनको भाउ बढ्यो
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (फागुन २७) सुनको मूल्य...
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार...
पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे
पर्वत। पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको सङ्क्रमण बढेको छ । सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परीक्षणमा...




