भारतमा २७ हजार नयाँ संक्रमित
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुले मङ्गलबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४ सय ९ जना नयाँ सङ्क्रमित फेला परेका छन् ।
सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ८२ हजार ८ सय १७ रहेको छ । एकै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ ।
अधिकारीहरुका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख २३ हजार १ सय २७ रहेको छ । अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने चार करोड १७ लाख ६० हजार ४ सय ५८ रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ३ सय ४७ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघका प्रमुखको आग्रह
काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिका र इजरायललाई इरानविरुद्धको युद्ध अन्त्य गर्न आग्रह गरेका छन्।...
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट संकेत दिएका छन्। उनले आफ्ना निकट सल्लाहकारलाई...
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना...
कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी
कुवेतका अधिकारीहरूकाअनुसार बुधवार कुवेतको आकाशमा आएका ड्रोन र मिसाइलहरूलाई त्यहाँको रक्षा प्रणालीले सफलतापूर्वक विफल तुल्याएको छ । यद्यपि, एउटा...




