स्टायलिस र फ्युचरिस्टिक मोडेलको इलेक्ट्रिक गाडी ‘आयोनिक ५’ नेपाली बजारमा
काठमाडौं । स्टायलिस र फ्युचरिस्टिक मोडेलको इलेक्ट्रिक गाडी ‘आयोनिक ५’ नेपाली बजारमा आएको छ । हुन्डाईको उक्त गाडी छिट्टै नेपाली बजार बिक्री सुरु हुने आधिकारिक बितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले जनाएको छ ।
प्यारामेटिक पिक्सल हेड ल्याम्प, क्ल्यामसेल हुड, एक्टिभ एयर इन्टेक, पिक्सल टेल लाइट लगायतका फिचर रहेको यो गाडी नेपाली बजारमा लोकप्रिय हुने विश्वास गरिएको छ ।
यो गाडी हुन्डाइको नयाँ इलेक्ट्रिक ग्लोबल मोड्युलर प्लेटफर्म (E-GMP) मा निर्मित पहिलो गाडी हो । डेडिकेटेड ब्याट्री रहेको यस इलेक्ट्रिक भेइकलमा छिटो चार्ज हुने, ड्राइभिङ रेन्ज बढाउने तथा धेरै इन्टेरियर स्पेस छ । ह्याण्डलिङमा पनि सहज छ । ११८.१ इन्चको ह्ब्लिवेस अन्य एसयुभि गाडीको भन्दा लामो रहेको कम्पनीले जनाएको छ ।
इन्टेरियरमा पर्यावरणमैत्री सामग्री प्रयोग गरिएको छ । रिसाइकल गरिएको पिइटी बोतल प्लाष्टिक, विरुवाबाट बनेको धागो, प्राकृतिक ऊनको धागो, हानिकारक रसायनको सट्टा विरुवामा आधारिक पदार्र्थको साथै प्रशोधन गरिएको छाला प्रयोग गरिएको छ । पिग्मेन्टका लागि विरुवाको पदार्र्थ प्रयोग गरि पेन्ट गरिएको छ ।

सोलार रुफ र भिजन रुप गरि २ भेरिएन्टमा गाडी उपलब्ध छ । सोलार रुफ त्यस्तो भरिएन्ट हो जहाँ १ सय किलोमिटरको दायरामा सौर्य उर्जा मार्फत ५ देखि ७ प्रतिशत रिचार्ज दिन्छ । भिजन रुफ अपिल र भर्सालिटीका साथ अगाडि बढाइएको पावर रोलर ब्लाइन्ड हो ।
३.५ किलोवाट पावर करेन्टमा गाडीको ब्याट्री चार्च गर्न सकिन्छ । एकपटक फुल चार्ज गर्दा ३६५ किलोमिटरको रेन्जमा गाडी गुड्छ । ११ किसिमका विभिन्न रंगमा गाडी नेपाली बजारमा उपलब्ध हुनेछ ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




