अन्तर्राष्ट्रिय

इराकी सर्वोच्च अदालतको सबै तेल बग्दाद पठाउन कुर्दिस्तानलाई आदेश

बग्दाद । इराकको सर्वोच्च अदालतले मंगलबार स्वायत्त कुर्दिस्तान क्षेत्रलाई त्यहाँ उत्पादित सबै तेल राजधानी बग्दादको संघीय सरकारलाई बुझाउनुपर्ने आदेश दिएको छ । यो कदमले लामो समयदेखिको तनावलाई पुनःनिरन्तरता दिन सक्ने देखिएको छ ।

संघीय सर्वोच्च अदालतको एउटा फैसलामा कुर्दिस्तान क्षेत्रीय सरकारले संघीय सरकारलाई ‘कुर्दिस्तान तेल क्षेत्रको सम्पूर्ण उत्पादन’ आपूर्ति गर्ने उल्लेख छ ।

तर बगदादको कुर्द पेट्रोलको हिस्साबारे वर्षौंको विवादलाई ध्यानमा राख्दै कुर्दिश अधिकारीहरूले उक्त फैसला पालन गर्ने सम्भावना कम छ ।
पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक) मा इराक दोस्रो सबैभन्दा ठूलो उत्पादक हो । इराकको ९० प्रतिशतभन्दा बढी आय देशले प्रति दिन झण्डै ३.५ मिलियन ब्यारेल निर्यात गरेको तेल तथा प्राकृतिक इन्धनमा रहेको छ ।

आफ्नो वेबसाइटमा प्रकाशित अदालतको फैसलाले पनि कुर्दिश अधिकारीहरूलाई ‘तेल र ग्यासको निर्यात र बिक्रीका लागि कुर्दिस्तानले गरेका सबै तेल सम्झौताहरूको पुनरावलोकन गर्न’ भनेको छ ।

इराकको संघीय सरकारले लामो समयदेखि देशका सबै तेल निर्यातलाई यस वग्दाद भएर कारोबार गर्न आह्वान गर्दै आएको छ । कुर्दिस्तान क्षेत्रमा उत्पादित तेललाई परिष्कृत र पुनः निर्यात गर्ने कार्यमा यसको भूमिकाको लागि सन् २०१२ र २०१४ मा टर्कीमा पहिले नै आक्रोश उत्पन्न भएको थियो ।

बग्दाद र कुर्दिशको राजधानी अर्बिलबीच गरिएको सम्झौता अनुसार, संघीय बजेटले व्यवस्था गर्ने आफ्नो हिस्साको बदलामा कुर्दिश क्षेत्रले प्रतिदिन उत्पादन गर्ने चार लाख ब्यारेलभन्दा बढी तेलमध्ये दुई लाख ५० हजार व्यारेल बग्दादलाई दिँदै आएको छ ।

यो हिस्सा कुर्दिश निजामती कर्मचारी र पेष्मेर्गा लडाकूहरूको तलबका लागि प्रयोग गरिन्छ ।

सन् १९९१ देखि स्वायत्त रहेको कुर्दिस्तान क्षेत्रले सन् २०१७ मा स्वतन्त्रताको बारेमा जनमत संग्रह गरेको थियो जसले संघीय सरकारसँग तनाव उत्पन्न गरेको थियो ।

सम्बन्धित समाचार

ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ

ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ

इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट संकेत दिएका छन्। उनले आफ्ना निकट सल्लाहकारलाई...

मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ

मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ

यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना...

कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी

कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी

कुवेतका अधिकारीहरूकाअनुसार बुधवार कुवेतको आकाशमा आएका ड्रोन र मिसाइलहरूलाई त्यहाँको रक्षा प्रणालीले सफलतापूर्वक विफल तुल्याएको छ । यद्यपि, एउटा...

प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ

प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ

संयुक्त राष्ट्र संघका एक विशेषज्ञले इजरायलले लामो समयदेखि प्यालेस्टिनीहरू विरुद्ध व्यवस्थित यातना दिँदै आएको बताउनुभएको छ । जुन अहिले...